२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च कतारले एकैसाथ मनायो पाँच वटा पर्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ONF-Qatar

दोहा । प्रवासी नेपाली मञ्च कतारको आयोजनामा २०७१ सालको विजया दशमी, दीपावली, ईद, छठ तथा नेपाल सम्वत ११३५ सहित पाँच वटा पर्वको अवसरमा संयुक्त रुपमा मिलन समारोह सम्पन्न भएको छ ।

ONF-Qatar3

मञ्चका अध्यक्ष दिलकिरण खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव छविलाल प्युठानी र उपसचिव हरी कुमार वस्नेतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका कार्यबाहक राजदूत गणेशप्रसाद ढकाल रहनु भएको थियो ।

ONF-Qatar1

कार्यबाहक राजदूत ढकालले यस्तो मिलन कार्यक्रम सरहानीय भएको वताउँदै नेपाल अनेकतामा एकता रहेको कुरा कार्यक्रमले नै पुष्टि गरेको वताउनुभयो ।

मञ्चका अध्यक्ष दिलकिरण खजुमले नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालमा प्रारम्भ गरेको दशैं मिलन समारोहलाई आफूहरुले पनि निरन्तरता दिएको बताउनुभयो ।

नेकपा एमाले दाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मधुकर रिजालले धर्म निरपेक्षपमा एमाले पछि नहट्ने नीति रहेकोले आउने संविधानमा संघियता, गणतन्त्र र धर्म निरपेक्षासहितको संविधान जारी हुने दाबी गर्नुभयो ।

ONF-Qatar2

कार्यक्रममा मञ्चका उपाध्यक्ष चानक पोखरेल, सचिवालय सदस्य रामहरी गैरे, सल्लाहकार परिषद अध्यक्ष नरेश श्रेष्ठ, व्यवसायी सागर नेपाल, एनआरएन आईसीसी सदस्य अमृत गुरुङ, एनआरएन कतारका अध्यक्ष मक्सुद आलम,  नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, कतार एकता नेपाली समाजका उपाध्यक्ष मदन श्रीस, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष विनेश तामाङ्ग, नेपाल ईञ्जीनियर एसोसिएसन कतारका मेडिया कोअर्डिनेटर इन्जिनियर नन्दप्रसाद गर्वुजा, नेपाली मुस्लिम समाजका कोषाध्यक्ष मोहम्मद उमेर आलम, नेपाल प्रवास जातिय भेदभाव उन्मुलन साझा मञ्चका महासचिव चन्द्र विक, एनआरएनका उपाध्यक्ष टीबी कार्की, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, मातृभुमिका लागि युवा अभियान कतारका अध्यक्ष केबी हमाल, जिल्ला संस्थाको तर्फवाट मोरङ्ग सुनसरी सेवा समाजका उपाध्यक्ष टिएन वराल लगायतले धार्मिक सदभावका लागि कामना गरेका थिए ।