२९ आश्विन २०८३, बिहिबार

आफ्नै घरमा अश्लील क्रियाकलाप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl-nightlife-kathmandu-mahilaगौशाला, २१ असोज । महोत्तरीको श्रीपुर गाविस–१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीपुर वडा नं १ बस्ने घरधनी २७ वर्षीया गुलाबिया देवी, वडा नं २ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, वडा नं ८ बस्ने ३० वर्षीय छोटु नदाफ, जिल्लाको सम्सी गाविस वडा नं ८ बस्ने २७ वर्षीय शङ्कर कापर र वडा नं ९ बस्ने २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरू सोमबार राति पक्राउ परेका हुन् ।

श्रीपुर–१ बस्ने रामएकवाल रामकी पत्नी गुलाबिया देवीले पति वैदेशिक रोजगारीमा रहेको मौका छोपी आफूसमेत संलग्न आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए ।

तिनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।