३० आश्विन २०८३, शुक्रबार

निर्देशन उल्लंघन गरेर गृहमन्त्री चीन जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam1काठमाडौं, २१ असोज । अर्थ मन्त्रालयले अनावश्यक खर्च हुने भन्दै ठूलो टोली लिएर नजान गरेको लिखित आग्रहलाई वेवास्ता गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम परिवारका सदस्यसहित चीन भ्रमणमा जाने भएका छन्।

मन्त्रिपरिषदको सोमबारको बैठकले उनको जोडबलमा ठूलो भ्रमण दललाई स्वीकृत दिएको छ।

गृह मन्त्रालयको आधुनिक भवन बनाउन चीन सरकारसँग रकम माग्नेलगायतका प्रस्ताव लिएर असोज २१देखि कात्तिक ४ गतेसम्म भ्रमणमा जाने उनको टोलीमा पत्नी तुलसा थापा गौतम र छोरा हरीश गौतम पनि छन्।

अर्थमन्त्रालयका तर्फबाट शाखा अधिकृत गोपालप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमाु भ्रमण दल ठूलो भएकोतर्फ ध्यानाकर्षण गर्दै आवस्यक पर्ने ६ जना उपर्युक्त हुने,ु उल्लेख रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।