३० आश्विन २०८३, शुक्रबार

विशेष पास र विशिष्ट कक्ष दुरुपयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं, २१ असोज । विशिष्ट व्यक्ति तथा कुटनीतिज्ञका निम्ति तोकिएको विशेष पास प्रयोग र  विशिष्ट कक्ष उपयोगमा सरकारले कडाइ गर्न कार्यविधि संसोधन गर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपयोग हुने यस्तो ुपासु एउटै कुटनीतिक नियोगले १८ वटासम्म लिएको पाइएपछि त्यसमा कडाइ गर्न लागिएको छ। बढीमा तीनवटा पास लिनसक्ने भनिएपनि चारदेखि १८ सम्म लिएको तथ्यसहित नेपाल नागरिक उड्यान प्राधिकरणले तीन साताअघि परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।

नेपाल नागरिक उड्यान प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दखै शिष्टाचार महाशाखा र प्राधिकरणले यसको कार्यविधि परिवर्तन गरेर कडाइ गर्न प्रक्रिया अगाडि बढाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।