३० आश्विन २०८३, शुक्रबार

बाख्रा व्यवसायमा बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, २१ असोज । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफू जन्मेको गाउँमा बाख्रापालन व्यावसाय थालेका छन् ।

यसमा उनले खोप्लाङ-४ बेलबासका स्थानीयलाई साथ दिएका छन्। उनले स्थानीयलाई साथ दिएर खोलेको दिपेश राजु स्मृति कृषि सहकारीमार्फत बाख्रापालनको काम थालेका छन्। सहकारीमा भट्टराई पुत्री मानुषी यमी भट्टराई अध्यक्ष छन्। बाबुराम सल्लाहकार सदस्य छन्।

सहकारीको प्रारम्भीक साधारणसभा शनिबार खोप्लाङमा  सम्पन्न भयो। गठन भएको तीन महिनाभित्र प्रारम्भिक साधारणसभा गर्नुपर्ने भएकाले स्थानीयसँग कसरी अगाडी बढ्ने भन्नेमा  छलफल भएको अध्यक्ष मानुषीले बताइन्।

बाख्रापालनको लागि अहिले ३८ रोपनी पाखोबारी भाडामा लिएर घास रोप्ने काम भइरहेको छ।

‘गाउँतिरको बारी बाँझो रहने, युवाहरू विदेशिने, स्रोत र साधनहरू खेर गइरहेकोले सदुपयोग गर्न बाख्रा पालन गरेका हौं,’ अध्यक्ष मानुषीले भनिन्।

खोप्लाङ बेल्बासमा रहेका र स्थायी घर त्यहाँ भएर बाहिर बस्दै आएकाहरु गरी २९ जना उक्त सहकारीमा आबद्ध छन्। स्थानीयले १० हजार र बाहिर बस्नेतले २५ हजार दस्तुर तिरेर सदस्य हुन पाउने नियम रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ।