सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

काठमाडौं उपत्यकामा मर्निङवाक घातक

दैनिक नेपाल २०७१ असोज २१ गते ८:३४

kathmanduकाठमाडौं, २१ असोज । स्वास्थ्यको ख्याल गर्दै उपत्यकाबासी बिहान र साँझको समयमा घरबाहिर (मर्निङवाक र इभिनिङ वाक)मा निस्कने गर्छन्।

तर,  एक अध्ययनले उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ७ बजेदेखि ९ बजेसम्म शारीरिक अभ्यासका लागि घरबाहिर निस्कनु झन घातक रहेको देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्न रपषदले काठमाडौं उपत्यकामा खस्कँदो वातावरण प्रदुषणसम्बन्धमा गरेको ६ महिना लामो अनुसन्धानले उपत्यकामा मर्निङ वाक र इभिनिङ वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम देखाएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

अनुसन्धान प्रतिवेदनमा यो समयमा काठमाडौं उपत्यका भित्र फोक्सोसम्म सिधै पस्नसक्ने धुलोको कणको मात्र अत्याधिक पाइएको छ।

प्रतिक्रिया
सम्बन्धित