बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

शिखर सम्मेलनको आयोजकलाई नै हतार छैन

दैनिक नेपाल २०७१ असोज २१ गते ६:०६

Sarcकाठमाडौ, २१ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनका आयोजक मुलुकले औपचारिक निमन्त्रणा नगर्दै सदस्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखहरुले समय छुट्टाएको जानकारी दिएका छन् ।

आयोजक मुलुकले निमन्त्रणा गर्न जान भ्याएको छैन् । परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार भारत, पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीले शिखर सम्मेलनको लागि आफूहरुले समय छुट्याई सकेको जानकारी दिएका छन् ।

ती मुलुकले सार्कलाई समयमा छुट्याएको समाचार उनीहरुको मुलुकको संचारमाध्यममा प्राथमिकताको साथ छापिएको छ । तीन मुलुकमा नै नेपालको तर्फबाट अझै औपचारिक निमन्त्रणा भने हुन सकेको छैन् । शिखर सम्मेलन मंसिर १० र ११ मा हुने यसअघि नै निश्चित भएकोले उनीहरुले सार्कलाई समय निकालेका हुन् ।

सार्कको परम्परा अनुसार शिखर सम्मेलनको तिथी तय भएपछि आयोजक मुलुकले राष्ट्र एवं सरकार प्रमुखलाई समकक्षीको निमन्त्रणा लिएर परराष्ट्र वा कुनै अन्य मन्त्रिले सदस्य मुलुकको भ्रमण गर्दै औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने प्रचलन रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उक्त निमन्त्रणा संगै शिखर सम्मेलनको तयारी बारे जानकारी गराउने ‘थिम’ तथा घोषणा पत्रको तयारी स्पष्ट पार्ने उनीहरुको सुझाव ग्रहण गर्ने प्रचलन छ ।

सरकारले आफ्नो तयारीको औपचारिक जानकारी र निमन्त्रणो माल्दिभ्स र श्रीलंकाका राष्ट्रपतिलाई गरिसकेको छ । उनीहरुले शिखर सम्मेलनको तयारीबारे बुझै यसलाई गति दिन आवश्यक भएको जनाइसकेका छन् । दुई बाहेक अन्य सदस्य मुलुकमा भने औपचारिक निमन्त्रणा पाएका छैनन ।

शिखर सम्मेलन आजको ५० औं दिनमा हुदैछ । सदस्य मुलुकमा अझै समय नमिलेकोले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे जापान भ्रमणमा गएका छन् ।

उनी जापानबाट फर्केलगत्तै निमन्त्रणाको लागि बाकी पाँच मुलुक भारत, बंगलादेश, भुटान, अफगानिस्तान र पाकिस्तान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी औपचारिक निमन्त्रणा अगावै सदस्य मुलुकहरु उत्साहित भएर सार्कको बारेमा सोच्नुलाई परराष्ट्र अधिकारीले सार्कको सकारात्मक पक्ष भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनको लागि आफूले समय बुक गरिसकेको जानकारी दिएका छन् । उनले शिखर सम्मेलन पछि पनि एक दिन बढि नेपालमा बस्ने योजना नेपाल समकक्षी सुशील कोइरालालाई सुनाएका छन् ।  दुईपक्षीय छलफल र लुम्विनी तथा जनकपुरको भ्रमणको लागि त्यस्तो जानकारी गराएको परराष्ट्र मन्त्रालय उच्चअधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित