युएई । विजयादशमी २०७१ को अबसरमा युएर्इका नेपाली संघसंस्थाहरुले दुबईको जाबेलपार्कमा दशैँ महोत्सवको झल्को दिए ।
युएइमा छ दर्जन बढी सामाजिक संघसंस्था रहेको बताइन्छ । संघसंस्थाहरुले बिशेष अबस्थामा सामूहिक अभियान गर्ने बताउँदै गत सेप्टेम्बर १३ तारिख गोबिन्द ढकालको संयोजनमा गठित एक समितिले बिभिन्न जिल्लागत सस्थाले सामाजिक सरोकारको बिषयमा एकै साझा मुद्दा बनाउने बताए पनि अन्ततः एक्ला एक्लै दशैँ कार्यक्रम मनाएका छन ।

जाबेल पार्कमा तिन महिना अगाडि विजयादशमीको अबसरमा पिकनिक आयोजना गर्ने बताएको सहयोग उत्थान मञ्चदेखि केहि दिन अगाडि ब्यतिगत रुपमा भीमबहादुर अधिकारीले घोषणा गरेको पिकनिक समेत गरी एक दर्जन ब्याक्ति तथा सामाजिक सस्थाले आयोजना गरेको पिकनिक कार्यक्रमले दशैँ महोत्सवको झल्को दिएको हो ।
दुबईको जाविल पार्कमा सहयोग उत्थान मञ्च युएईको कार्यक्रममा नेपाली नेपाली राजदुतावास युएईका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनको बिशेष उपस्तिथि थियो । कार्यक्रममा वनभोज तथा विजया दशमी, बकरईद साथै छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो । मञ्चले आफ्नो स्थापनाको समयदेखि अहिलेसम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने एक दर्जन ब्यक्ति तथा सस्थालाई सम्मान गरेको थियो ।
संगै जाबेल पार्कमा अर्घाखाँची सम्पर्क समिति युएईले युएइमा नै पहिलो पटक बरदुबईस्थित नेपाली मन्दिरका पुजारी बुद्धिराम आचार्यलगायत अन्य चार जना पण्डितहरूको प्रवचनका साथ वैद्धिक विधिमार्फत् जमरा उद्घाटन गर्दै जाबिल पार्कमै वनभोज तथा टीका जमरा ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अन्त्यमा धार्मिक भजनकिर्तन समेत गरिएको अध्यक्ष राजु खड्काले बताएका छन । उनले नेपाली धार्मिक परम्परा जगेर्ना गर्न प्रवचनकासाथ वैद्धिक विधिमार्फत दशैँ मनाएको बताए ।
जाबेल पार्क भित्रने अर्को कोणमा बागलुङ सेवा समाज युएईले विजयादशमी २०७१ को पावन अवसरमा नेपाली विभिन्न परिकारका खाना, टिका जमरा र विविध सांगीतिक कार्यक्रमका साथ दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष पिताम्बर पाण्डेको संयोजनमा कार्यक्रम भएको थियो ।

जाबेल पार्कमा नै सगरमाथा वचत तथा ऋण सहकारी संस्था युएई, शेर्पादुकी संघ, धादिङ सेवा समाजका अध्यक्ष भिम अधिकारीको एकल आयोजनामा समेत टिका जमरा लगाउँदै पिकनिक मनाइयो । अधिकारीले आयोजना गरेको टिकाजमरा लगाउने कार्यक्रममा स्थानीय एक अरवियन नागरिकले समेत टिकाग्रहण गरेर नेपालीहरुको मन जित्न सफल बने ।

सहयोग उत्थान मञ्च युएईले आयोजना गरेको कार्यक्रममा पनि पाकिस्तानी मुस्लिम नागरिक तथा भारतीय नागरिकहरुको उपस्थिति जनाएका थिए ।
जाबेल पार्कमा सस्थाबाट आयोजना गरिएका सबै पिकनिकहरुमा रमाइलो खेल साँस्कृतिक नाचगान गरेका थिए । पार्कमा नै बिभिन्न नेपालीहरु कार्यरत कम्पनी तथा ब्यतिगत साथीभाईहरुलाई मिलेर पनि दशैँ कार्यक्रम आयोजना गरेका थिए ।
यता पर्बत सेवा समाज युएईले दुबईको फोर्तुंन ग्राण्ड होटलमा विजयादशमी २०७१ को पावन अवसरमा निःशुल्क प्रवेशमा खाना, टिका जमरा र विविध सांगीतिक कार्यक्रमका साथ दशैँ बिशेष कार्याक्रम सम्पन्न गरेको छ ।
कृष्ण गण्डकी सहयोग समाज यूएईले पनि कल्टोन टावर डेरामा साँस्कृतिक कार्यक्रमका साथ नेपाली विभिन्न परिकारका खाना, टिका जमरा लगाउने कार्यक्रम सम्पन गरेको छ ।

नेपालीहरुको बडा दशैँ जसले जहाँ मनाए पनि बिदेशमा रहेर पनि नेपाली धार्मिक परम्परा बचाई राख्ने कार्य गर्ने सबैलाई प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष प्रकाश कोइराला धन्यवाद दिदै पछिल्लो समय नामको लागि सस्था बनाउने समान उद्देश्यका लागि पनि अलग अलग बाटो अपनाउने प्रबिधि बढेको बताउँछन ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च युएईका महासचिब गोपीकृष्ण पँगेनीले परम्पराको लागि यो बर्ष सस्थाहरु एकै ठाउमा भेला हुने अपेक्षा गरिए पनि प्रतिस्पर्धा नै गर्न पुगेर दुख लागेको बताए ।
एनआरएन युएईका महासचिब गोपाल कंडेलले एकैसाथ युएर्इमा नेपालीहरुको ठुलो जमघट भएकोमा नेपाली धार्मिक परम्परा जगेना गर्न सबै सस्था लागेकोमा खुशी लागेको बताए ।















प्रतिक्रिया