२९ आश्विन २०८३, बिहिबार

मेरिल्याण्ड एनईसीसीको सभापतिमा न्यौपाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khilendra-neupane

विजय थापा

भर्जिनिया । अमेरिकाको मेरील्याण्डस्थित नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी)को सभापतिमा खिलेन्द्र न्यौपाने चुनिएका छन् ।

लामो समयदेखि महासचिव पदमा रहेका न्यौपाने सर्वसम्मतिबाट अध्यक्ष बनेका हुन् । कार्यकारी समितिमा ७ सदस्य छन् भने समितिको पदावधि ३ बर्षको हुनेछ । लामो समयसम्म निर्वाचन हुन् नसकेको भएता पनि सामाजिक संस्थामा सर्वसम्मतिबाट चयन भएकोले समुदायले सकारात्मक रुपमा लिएका छन् ।

एनईसीसीको निर्वाचन समितिले तोकेको मिति भित्र कुनै पनि पदमा कसैले पनि मनोनयन पत्र नबुझाएको समाचारले सामाजिक संस्थामा सेवा गर्न समुदाय इच्छुक नहुनु र अवैतनिक रुपमा काम गर्न कतै बितृष्णा पलाएको हैन ?भन्ने अहिले अमेरिकाभर चासोको बिषय भएको छ ।

कसैको कुनै पदमा आबेदन नपरेपछि बिधान अनुसार पदाधिकारीहरुको सामाजिक सेवामा गरेको संलग्नता ,समर्पण तथा भूमिकाको आधारमा उक्त ७ सदस्यीय समिति निर्वाचन समितिले चयन गरेको निर्वाचन समितिका निर्वाचन आयुक्त डा श्याम कार्कीले जनाएका छन् ।

नव निर्वाचित समितिको प्रथम उपाध्यक्षमा प्रेम संग्रौला, द्धितीय उपाध्यक्षमा सरोज प्रजापति, महासचिवमा नेत्र घिसिङ, सचिवमा रामचन्द्र खरेल, कोषाध्यक्षमा लक्ष्मण प्रधान र उपकोषाध्यक्षमा रामचन्द्र भट्टराई सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।

यसैगरी निर्वाचन समितिले संस्थालाई अझ मजबुत बनाउन र सहयोग लिने उद्देश्यले डिसी महानगर क्षेत्र वरपरका बिभिन्न व्यक्तिहरुलाई बिभिन्न पदमा मनोनित गरेको छ ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को एक उपज हो । हाल यसै सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध नेपाली मन्दिर स्थापना गरिएको छ । र ,हाल एनईसीसीले उक्त सामुदायिक केन्द्रको सम्पूर्ण रकम भुक्तानी गरि मन्दिर पनि आफ्नै नाममा दर्ता गरि धनी पुर्जा प्राप्त गरि सकेको छ । एनईसीसी अमेरिकन सरकार अन्तर्गत पूर्ण गैरमुनाफा सामाजिक संस्थामा दर्ता भई संचालनमा रहेको छ ।

अमेरिकाभरका नेपाली समुदाय तथा बिशेषगरि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अथक प्रयासबाट सामुदायिक केन्द्र तथा मन्दिर स्थापना भएको हो ।