रवि रोषी
दोहा । कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगित सुरु भएको छ ।
बाग्लुङ सेवा समाजको आयोजकत्वमा आयोजित रनिङ शिल्डमा नेपाली समुदायका विभिन्न २७ समूहले सहभागी जनाएका छन् । कार्यक्रमको उदघाटन आइएमईका कन्ट्री म्यानेजर जितेन्द्र पाण्डेद्धारा रिबन काटेर तथा बल सर्भिस गरी शुभारम्भ गरिएको थियो । विगत लामो समयदेखि खेलकुद क्षेत्रमा आर्थिक तथा भौतिक सहयोगको जोहो आइएमईले गर्दै आएकोमा बाग्लुङ सेवा समाजका अध्यक्ष रमेश भट्टले आईएमई ग्रुप तथा पाण्डेलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका व्यवसायी एवं नेपाली समाजका अगुवा सागर नेपालले खेलले मानिसलाई मर्यादित र अनुशासितको साथै स्वस्थ रहन पनि सहयोग पुग्ने हुनाले इद तथा विजयादशमीको अवसरमा यस्ता कार्यक्रम आयोजना गरी नेपाली समुदायलाई एउटै प्लेटफर्ममा ल्याउने काम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी सदस्य अमृत गुरुङ, नेपाली प्रवासी मञ्चका उपाध्यक्ष चानक पोख्रेल, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, जनप्रगतीशील मञ्चका कार्यवाहक अध्यक्ष प्रेम कुमार बिक, तमु सेवा समाजका कार्यवाहक अध्यक्ष खेम गुरुङको पनि उपस्थिति थियो ।














प्रतिक्रिया