अर्जुन काफ्ले
मलेसिया । मलेसिया ट्रेड युनियन कँग्रेसका केन्द्रीय अध्यक्ष खालिद अतानले मलेसियामा रहेका आप्रावासी कामदारका आधिकारका पक्षमा आफ्नो संगठनले आवाज उठाउने वताउनुभएको छ ।
मलेसियामा आइतवार जिफ्न्ट मलेसिया र मलेसिया ट्रेड युनियन कँग्रेसको सँयुक्त आयोजनामा भएको प्रवासी कामदार अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मजदुर नेताहरुले यो प्रतिबद्धता व्यक्त गरेका हुन ।

खालिदले त्यसका लागि नेपालसहित अन्य देशका टे«ड युनियनसंग सहकार्य गरेको वताउनु भयो । उहाँले नेपाली श्रमीकप्रति लक्षितगर्दै भन्नुभयो, ‘तपाइको मजदुर अधिकार खोसिए अब चुप लागेर नबस्नुहोस तर अधिकार प्राप्तिका नाममा बन्द र हडताल जस्ता काममा अग्रसर नहुनुहोस ।’ मलेसिया सरकारको कानुनी अधिकारभित्र रहेर गरिने मजदुर आन्दोलनमा आफ्नो संगठनको साथ रहने खालिदले वताउनुभयो ।
कार्यक्रमको प्रमुखअतिथिका रुपमा बोल्दै मलेसियाका लागी नेपाली राजदुत डा निरन्जनमानसिह वस्न्यातले मलेसियामा नेपाली मजदुरका समस्या धेरै भएका र त्यो सम्मस्या नेपाली राजदुतवासको एक्लो प्रयासमा मात्र सामाधानहुन नसक्ने बताउनुभयो । त्यसका लागी स्थानिय ट्रेड युनियनहरुले पनि सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली मजदुरले मलेसियामा रोजगारीका क्रममा दुःख पाइरहेका र त्यो निजी क्षेत्रवाट रोजगारीका लागी श्रमीक पठाउँदा समस्या आएको वताउनु भयो ।
मलेसियामा अबैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकलाई घर फर्काउन नेपाली दुतावासले सहजता ल्याएको र अवैधानिक नेपाली श्रमिकलाइ छिटो घर फर्कन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली राजदुतवासका श्रम सहचारी वुद्धिनाथ भट्टराईले वैदेशिक रोजगारीबारे राम्रो बुझेर मात्र विदेशमा काम गर्न आएमा अप्ठ्यारोबाट बच्न सकिने र वैदेशिक रोजगार मलेसियामा भएका श्रमिकहरुका समस्याहरुलाई नेपाली राजदुतावासले साधन, स्रोत र कर्मचारीको अभाव हुँदाहुँदै पनि सक्दो सहयोग र सेवा दिइरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल लगायत भियतनाम, वगँलादेश लगायतका मजदुर नेता तथा श्रमिकको उपस्थिति थियो । जिफन्ट नेकपा एमाले सम्वद्ध मजदुर संगठन हो । हालै जिफन्टले मलेसियामा रहेको मजदुर संगठन मलेसिया टे«ड युनियन कग्रेस, मलेसियन वार काउन्सिल र वि डव्लु आइ सँग सहकार्य गरेको थियो । जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडाले सन्चालन गरेको सो कार्यक्रम जिफन्ट मलेसियाका अध्यक्ष जनक विकको सभापतित्वमा भएको थियो ।
















प्रतिक्रिया