२९ आश्विन २०८३, बिहिबार

खसी च्याङ्ग्रा नपाएर दसैँ मनाउन पाएनन् हुम्लावासीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chyangra

हुम्ला, १९ असोज । हुम्ला जिल्लामा दसैँका लागि विभिन्न नाकाबाट च्याङ्ग्रा नआउँदा हुम्लावासीले यसपालि राम्रोसँग दसैँ मनाउन पाएनन् ।

जिल्लामा खसी र च्याङ्ग्राको अभाव भएपछि हुम्लेलीहरू नेपालगन्जबाट कुखुराको मासु किन्न बाध्य भएका छन् ।

जिल्लामा यसपटक दसैँमा खाद्यान्नको भने त्यति अभाव नभएको सर्वसाधारण बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्ला सदरमुकाम सिमीकोटस्थित खाद्य डिपोबाट आजसम्म पनि सर्वसाधारणलाई चामल वितरण भइरहेको छ ।

सदरमुकाम नजिकका जनतालाई पाँच किलो र टाढाकालाई १० किलोका दरले चामल वितरण गरिएको बताइएको छ । जिल्ला बाहिरका कर्मचारीहरू दसैँलाई घर गएपछि सदरमुकाम सिमिकोट अहिले सुनसान जस्तो देखिन्छ ।