२९ आश्विन २०८३, बिहिबार

म्याग्दीको विद्यालयलाई हङ्कङ र अमेरिकाबाट सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

म्याग्दी, १६ असोज । म्याग्दीको बाबियाचौर–४ स्थित र्‍यालेखोरमा रहेको मङ्गला माविमा प्रवासमा रहेका स्थानीयवासीबाट रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

विद्यालयको भौतिक विस्तार र जग्गा खरिदका लागि हाल हङ्कङमा रहनुभएका स्थानीय चित्रबहादुर पुन र अमेरिकामा रहनुभएका खगेन्द्र अधिकारीको नेतृत्वमा रु पाँच लाख १४ हजार ६८० विद्यालयलाई प्राप्त भएको शिक्षक भविदत्त सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयमा आयोजित सरोकारवालाहरुको भेलामा सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा सहयोगदाता पुनका बुबा रत्नबहादुर पुन र अधिकारीका बुबा भूपू प्रधानाध्यापक एमबहादुर अधिकारीले रकम संयुक्त रुपमा प्रधानाध्यापक उमादेवी पौडेललाई हस्तान्तरण गरिएको थियो ।

यसैबीच भूपू प्रधानाध्यापक अधिकारीले स्थापना गर्नुभएको रु एक लाखको अक्षयकोषबाट एसएलसी परीक्षा–२०७० मा सबैभन्दा बढी अङ्क ल्याउने छात्रा सिर्जना केसीलाई पाँच हजार र दलिततर्फ सबैभन्दा बढी अङ्क ल्याउन सफल चेतमाया बस्याललाई रु दुई हजार प्रदान गरिएको थियो । रासस