२९ आश्विन २०८३, बिहिबार

मरुभुमिमा करोडौं रुपैंया फलाएका नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RK-Sharma

गणेश पाण्डे

कतार ! नेपाली श्रमिकको प्रमुख गन्तव्य । सरसर्ती हेर्दा नेपाली कामदार जाने ठाउँ मात्रै हो, कतार । अलि—अलि पढे गुनेका, देशमा खासै अवसर नपाएका र अवसरको खोजीमा भौंतारिएका नेपालीहरु मात्रै छन् कतार पुग्छन भन्ने पनि लाग्न सक्छ । चार लाख नेपाली कार्यरत कतारमा यस्ता पनि नेपाली छन्, जो आफ्नै मेहनत र परिश्रमले करोडपति भएका छन् । एक सयको हाराहारीमा रहेका नेपाली व्यवसायीहरुले मध्यपूर्वी राष्ट्र कतारमा आफ्नो व्यवसायिक छवि उचो राख्न सफल भएका छन् । तीमध्ये अधिकांश नेपाली निर्माण व्यवसायमा सफल संलग्न छन् । जुन नेपालीहरुलाई फलिफाप भएको छ । कतारमा नेपालीहरु विदेशी कम्पनीको कामदारमात्रै होइनन, विदेशीलाई जागिर दिन सक्ने हैसियत समेत राख्छन् । कतार नेपाली व्यवसायीका लागि समेत उत्कृष्ट थलो बन्दै गएको प्रमाण कतारका करिब एक सय व्यवसायी हुन् । जसको सफलता प्रशंसा लायक छ ।