२९ आश्विन २०८३, बिहिबार

ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश सौगात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fdgfdhghghghghghgराजु सन्तोषी थापा
दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरणसभा सम्पन भएको छ ।

दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्बर २१ तारिकका दिन ग्लोवल तेह्रथुम सेवा समाजका केन्द्रीय संयोजक लक्ष्मी परसाद थापाको प्रमुख अतिथ्य र समाजका सल्लाहाकार तथा एनआरएन आइसिसी प्रतिनिधि के.पी. सिटौलाको विशेष आथित्यमा साधारणसभा सम्पन्न भएको हो ।

कोरियाका संयोजक गणेश सौगातको सभापतित्वमा सम्पन उक्त सभाले पुरानो कार्यसमिती विगठन गरी आगामी तिन महिना भित्र बृहत् भेला गरी नयाँ  कार्यसमिती गठन गर्ने निर्णयका साथ १४ सदस्यीय तर्दथ समिति र ४ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ ।
उक्त भेलाले अध्यक्षमा गणेश सौगात उपाध्यक्षमा सन्तोष मादेन, राजेश लिम्बु , सचिव सुन्दर लिम्बु, सह–सचिव प्रल्हाद डाँगी, कोषाध्यक्ष राजकुमार लिम्बुलाई चयन गरेको छ ।

सदस्यहरूमा तुलसी बराल, सिता बुढाथोकी, दिलकुमार लिम्बु, सुमन कन्दङवा, प्रेम लिम्बु, विश्वबन्धु भट्ठराई, सुनिल कबबन्दङवा र दिपेन लिम्बु सर्वसम्मत चयन भएका छन् ।
यस्तै सल्लाहाकारहरुमा लक्ष्मी परसाद थापा, के.पी. सिटौला, राजु सन्तोषी थापा र लेखनाथ ढकाल चयन भएका छन् ।

कार्यक्रममा सिटौलाले आफ्नो जन्मभुमीको लागी केही गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा आफूले सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

समाजका केन्द्रीय संयोजक लक्ष्मीप्रसाद थापाले उक्त समारोहमा जिल्लावासीलाई रचानात्मक कार्य गर्नका लागि एकत्रित हुन जोड दिदैँ समाजको विधान तथा दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

तर्दथ समितिका अध्यक्ष गणेश सौगातले कोरियामा रहेका समस्या, दुख आपतमा परेकाहरुको लागि सक्दो सहयोग गर्ने साथै अन्य रचनात्मक कार्यहरुलाई निरन्तरता दिदैँ जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त सभाको सञ्चालन समाजका केन्द्रीय सह–सचिव राजु सन्तोषी थापाले गर्नु भएको थियो ।  साथै स्वागत मन्तव्य सन्तोष मादेनको रहेको थियो ।