काठमाडौं, १३ असोज । धादिङको सिम्लेमा दुर्य वटा आपसमा ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ५ ख ८३८४ नम्बरको बस र म्याग्दी सदरमुकाम बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् । घाइते हुनेमा अधिकांश दशैं मनाउन घर हिँडेकाहरु छन् ।
प्रहरी घटनास्थल पुगेर उद्दार कार्य जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
















प्रतिक्रिया