३० आश्विन २०८३, शुक्रबार

नेपाली फुटबललाई कालोधब्बा, फिक्सिङ शंकामा नेपालमाथि छानबिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali footballकाठमाडौं, १२ असोज । नेपाली फुटबल टिमले १७ औं एसियाली खेलकुदमा इराकसँग फिक्सिङ गरेको आशंका गरिएको छ ।  त्यसबारे ओलम्पिक काउन्सिल अफ एसियाले एसीयाली फुटबल महासंघसँगको सहकार्यमा अनुसन्धानसमेत थालेको छ ।

नेपाल इराकसहित तीन खेलमा मिलेमतोको उच्च संभावना भएको सूचनालाई आधार मानी छानबिन थालिएको हो । फिफाले फुटबलमा मिलेमतोलाई सबैभन्दा ठूलो सत्रु घोषणा गरेको छ । यस्तोमा नेपालको खेल मिलेमतो आशंकामा पहिलो पटक अनुसन्धानको घेरामा परेको हो ।

भदौं २९ गते इन्चोनमा भएको खेलमा नेपाल चार शुन्यले इराकसँग हारेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।