३० आश्विन २०८३, शुक्रबार

कतारमा हुने श्रम शोषण सैह्य छैनः अमिर तमिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

EmirSheikhदोहा (कतार), १२ असोज । कतारका अमिर तमिम बिन हमाद अल्थानीले आफ्ना देशमा रहेका कामदारमाथि हुने शोषणहरु कुनै हालतमा स्वीकार नहुने बताएका छन् ।

कतारमा कार्यरत कामदारहरुले समस्या रहेकोमा उनले स्वीकार गरेका छन् । ‘हो, हामीकाँहा कामदारको समस्या छ । हामी त्यसलाई समाधान गर्दछौं । हामी कानुनहरु परिबर्तन गर्दछौं । म त्यो अबस्थालाई हेरेर बसिराख्न सक्तिन’, अन्तराष्ट्रिय टेलिभिजन च्यानल सिएनएनलाई बिशेष अन्तर्वार्ता दिदै उनले भने, ‘त्यो अबस्थालाई स्वीकार गर्न सक्तिन ।’

बिदेशी सञ्चारमाध्यमलाई पहिलो पटक अन्तर्बार्ता दिएका कतारी अमिर तमिमले कामदारको हित र अधिकारको पक्षमा धेरै कानुनहरु परिवर्तन हुन गइरहेको बताए । ‘हामी धेरै कानुनहरु परिवर्तन गइरहेका छौु’, उनले भने, ‘कामदारको अबस्थालाई तल्लो तहमै गएर परिवर्तन गर्ने हाम्रो योजना छ ।’

कतारमा झन्डै १८ लाख बिदेशी कामदार छन् । त्यसमध्ये ४ लाख नेपाली रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।  कामदारले समयमा तलब नपाउने, लामो घण्टा काम गर्नुपर्ने, कम्पनीको अनुमति बिना घरफिर्न नपाउने, कामदारको बसोबासको अबस्था नाजुक रहेको भन्दै अन्तराष्ट्रिय मानबअधिकारबादीहरुले कतारलाई दवाव दिदै आएको छ । उनीहरुले कामदारको अधिकार, श्रम मैत्री कानुनहरु परिवर्तन नभएसम्म सन् २०२२ मा हुन गइरहेको बिश्वकप कतारलाई दिननहुनेमा जोड दिदै आएका छन् ।

‘कतारमा सायौं हजार कामदार बिकासन्मुख देशबाट आएका छन् । समस्यालाई तुरुन्त हटाउन कठिन छ’, उनले अन्तर्बार्तामा भनेका छन्, ‘हामी ती समस्यालाई समाधान गर्न कानुन परिवर्तन गर्ने पक्षमा छौं । अबश्य कानुन परिवर्तन हुनेछ ।’

उनले कामदारको अबस्थाले आफुलाई निकै चित्ता दुखेको बताए । ‘यो अबस्थाले मेरो मन दुखेको छ’, उनले भने, ‘म आफै यो स्थिति हेरेर बस्न सक्तिन । कतारले यस्तो अबस्था स्वीकार गर्दैन ।’

उनले बिश्वकपलाई निकै सानदारसँग सम्पन्न गर्न सक्ने क्षमता रहेको बताए । ‘मानिसहरु एउटा सानो मुस्लिम देशले बिश्वकपको बाजी मार्न सकेकोमा त्यसलाई स्वीकार गर्न सकेको छैन’, उनले भने, ‘अहिलेसम्मको सबैभन्दा राम्रोसँग कतारले बिश्वकप गरेर देखाउनेछ ।’