२८ आश्विन २०८३, बुधबार

२१ अौँ शताब्दीमा ‘भर्जिन’ खोज्नु मुर्खता हो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shalu-gautam

अचेल के मा ब्यस्त हुनुहुन्छ ?

गीतको प्रमोसन अनि आफ्नै अर्को गीतको तयारीमा छु ।

म्युजिकमा लाग्ने श्रेय कहाँबाट मिल्यो ?

साकिराको ठूलो फ्यान हुँ, उनीबाटै प्रभाबित छु ।

कम्मर हल्लाउन सिपालु हुनुहुँदोरहेछ नि ?

हजुर म बेली डान्स सिकाउँछु । त्यसैले बेलीमा मज्जाले हल्लाउन सक्छु ।

कहाँ सिकाउनुहुन्छ ?

पोर्चुगलमा ।

हेर्दा तपाईं विदेश जस्तो देखिनु हुन्छ नि !

बिदेशी देखिए पनि म नेपाली हुँ । मेरो अभिभाबक पनि नेपाली नै हुनुहुन्छ ।

लभ र सेक्सलाई कसरी लिनुहुन्छ ?

लभ र सेक्स यी दुबै प्राकृतिक हुन, फरक यत्ति मात्रा हो, को सँग कुन परिबेशमा हुँदैछ, त्यो चाँहि बिचार गर्नुपर्‍यो ।

सेक्स कतिको खाँचो हुन्छ ? 

यो प्रकृतिक आवश्यकता हो।

पार्टनर भेट्नु भयो त ?

भेटेकी छैन , खोजीमा छु ।

लक्का जवान भन्छन – ‘भर्जिन भेटिनै छाड्यो !’

२१ अौ शताब्दीमा टोय (कृत्रिम यौनसाधन) हरु आइसक्यो, यो समयमा भर्जिन खोज्नु भनेको मुर्खता नै हो जस्तो लाग्छ ।
Shalu-gautam

भनेपछि तपाईं पनि २१ अौ शताब्दी कै भित्र पर्नु भो ?

यो कुरा म भन्न आवश्यक ठान्दिन, यो नितान्त पर्शनल कुरा हो ।

हजुरको फोटो र भिडियो धेरै उत्तेजित देखिन्छ, जुन कुरा नेपाली समाजलाई अझै पनि पचाउन गाह्रो हुन्छ । के कुरा पाउनु भो बिदेशी फेसनलाई नेपाली समाजमा प्रस्तुत गर्दा ?

मलाई त्यस्तो लाग्दैन । हो मैले प्रस्तुत गरेको कुरालाई नेपाली समाजमा पचाउन गाह्रो छ, तर समय सापेक्षित हुनुपर्‍यो।

दर्शकले डिमान्ड गर्दा ईज्जतको ख्याल कतिको गर्नु हुन्छ ?

दुबैलाइ बिचार गरेर आफु प्रस्तुत हुन्छु ।

बिदेशमा नेपाली कलाकारको कतिको माग छ ?

धेरै नै माग हुने गर्छ, अझ भन्नु पर्दा नेपालमा बस्ने नेपालीहरुले भन्दा बिदेशमा बस्ने नेपालीहरुले नेपाली कला र नेपाली कलाकारलाई रुचाउँछन, अनि उत्तिकै सम्मान पनि गर्छन् ।

गीत गाएर बाँच्न सकिने अवस्था छ ?

छैन, तर पनि भोलिका नयाँ पिढीँहरुको लागि एउटा आधार सिर्जना गर्नुपर्छ हामीले ।

अनि धर्म कर्ममा कतिको विश्वास गर्नुहुन्छ ?

त्यति धेरै विश्वाश लाग्दैन, त्यसको मतलब म नास्तिक चाँही होइन ।