२९ आश्विन २०८३, बिहिबार

८७ वर्षको भए, चिकित्सकहरुले दिएको सुझाव पालना गरेकाले स्वस्थ्य छुः सुर्यबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suryabahadur-Thapaकाठमाडौँ, ११ असोज । चाडबाडको समयमा ‘मासुभन्दा सुप खान, मदिराभन्दा पानी खान’ चिकित्सकहरुले सुझाव दिएका छन् ।

जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिन आम समुदायलाई उहाँहरुले आग्रहसमेत गरे ।

विश्व मुटुरोग दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा शनिबार आयोजित कार्यक्रमका सहभागीले सो आग्रह गर्दै खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ  नियमित व्यायाम गर्नुपर्छ भन्नुभयो ।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ्य आहार व्यवहार, मद्यपान, ज्यादा मोटोपन, शारीरिक निष्क्रियताजस्ता जीवनशैलीका कारण उच्चरक्तचाप, मधुमेय र मुटुरोगका बिरामी बढीरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालको जनसङ्ख्याको झन्डै आठ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित रहेको उल्लेख गरेको छ ।

‘कठिन होइन स्वस्थ मुटुको उपाय रोजौँ’ भन्ने नाराका साथ यसवर्ष भोलि विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि विश्व मुटुरोग दिवस मनाइँदै छ । विश्व मुटु महासङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम साता विश्व मुटुरोग दिवस  मनाइने गरिन्छ ।

कार्यक्रममा अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत रावतले चाडबाडका समयमा माछा, मासु, मदिराभन्दा फलफूल र सागसब्जीमा जोड दिन आग्रह गर्नुभयो । उहाँले मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउन सुझाव दिनुभयो ।

अर्का मुटरोग विशेषज्ञ सुनिल झाले रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्न सुझाव दिँदै दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ भन्नुभयो ।

मनोपरामर्शदाता स्नेहा अग्रवाल चौधरीले मुटु स्वस्थ रहेमात्र जीवन र मन दुवै स्वस्थ रहने भन्दै मुटुको विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भन्नुभयो ‘म ८७ वर्षको भएँ, मुटुको उपचार गरेको लामो समय भइसक्यो, चिकित्सकहरुले दिएको सुझाव पालना गरेको छु, स्वस्थ छु  ।’

अस्पतालका कार्यकारी निर्देशक मेघा चौधरी शाक्यले अस्पतालले मुटुरोगका उपचारका साथसाथमा मुटुरोगबारे आम समुदायलाई जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालमा मुटुरोगको सफल उपचार गरेका तथा अस्पतालमा उत्कृष्ट सेवा प्रदान गरेका डा पङ्कज जलान, डा यादव भट्ट, अर्जला वैद्य र डा रमेश चौख्यानीलाई सम्मान गरिएको थियो ।