खगेन्द्र कार्की
कतार । पत्रकार महासंघ कतार शाखाको २६ सेप्टेम्बर २०१४ मा दोहाको वेलकम रेष्टुरेन्टमा आयोजित दोस्रो परिषद् भेलाले ७ नोभेम्बर २०१४ मा अधिवेशन गर्ने मिति तय गरेको छ ।
संस्थाका अध्यक्ष रवि रोषीको सभापतित्वमा आयोजित भेलाले अधिकांश कार्यसमितिका पदाधिकारी स्वदेश फर्किएका कारण पदपूर्तिका लागि पनि अधिवेशन आवश्यक भएको ठहर गरेको हो ।
संस्थाका पदाधिकारी, सल्लाहकार तथापरिषद् सदस्यहरु गरी २ दर्जनबढी पत्रकारहरुको सो भेलाबाट अध्यक्ष रोषीको अध्यक्षतामा अधिवेशन आयोजक समिति निर्माण गरेको छ ।
संस्थाका सचिव दिपक पुडासैनिद्वारा सञ्चालित सो कार्यक्रममा प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पढेर सुनाइएको थियो । लामो छलफल र बहसपछि दुवै प्रतिवेदनलाई हलले पास गरेको थियो ।
पत्रकार महासंघ कतार शाखाको आगामी अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ति विभिन्न समितिहरु निर्माण गरी कार्यविभाजनसमेत गरिएको छ ।
प्रचारप्रसार समितिमा अजिज अलि, नवराज विक र खगेन्द्र कार्की, ब्याज/व्यानर व्यवस्थापन अजिज अलि, चियापान व्यवस्थापनमा समिर मिया, आर्थिक व्यवस्थापनमा रवि रोषी, कुमार कार्की, करिम बक्स मिया, होम कार्की रहेका छन् ।
यसैगरी संस्थाको प्रतिवेदन तथा अन्य परामर्श तथा सहजिकरणका लागि कुमार कार्की, होम कार्की, अतिथि व्यवस्थापनमा राजेश्वर ढकाल, समिर मिया, महेश्वर नेपाल, केन्द्रीय अतिथि व्यवस्थापनमा उपाध्यक्ष गणेशप्रसाद बन्जाडेलाई तोकिएको छ ।
साथै कार्यक्रममा सुनिल न्यौपाने सम्पादक रहेको नेपालबाट सञ्चालित डिजिटल वेवपत्रिका देशपरदेश डट कमको कतारमा शुभारम्भ गरिएको थियो । देशपरदेश सीप विकास तथा सुरक्षित रोजगारीका लागि सञ्चालनमा आएको जनाइएको छ ।













प्रतिक्रिया