२९ आश्विन २०८३, बिहिबार

राईलाई मातृभूमि फर्काउन विदाई कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

99999999खगेन्द्र कार्की
कतार । ‘मोरङ–सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूलनाराका साथ २००१ मा स्थापित मोरङ–सुनसरी सेवा समाज कतारले संस्थामा लामो समयदेखि आवद्ध रहेका केशवकुमार राईलाई कदरपत्रका साथ मातृभूमि बसाईको शुभकामना दिएर मुन्ताजापार्कबाट बिदा गरेको छ ।

सुनसरीको बराहक्षेत्र गाविसको प्रकाशपुरबासी राई मातृभूमि फर्कन लागे पछि उनको विदाइमा एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष लोकबहादुर तामाङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति  थियो ।

राईको योगदानको उच्च मूल्यांकन गर्दै उक्त कार्यक्रमको आयोजना गरेको संस्थाले बताएको छ ।
कार्यक्रममा राइले आफ्नो कुरा राख्दै आफूलाई मोरङ–सुनसरी सेवा समाज कतारले धेरै कुरा सिकाएको बताएका थिए ।

उनले त्यही सिकाइ र भोगाईलाई व्यहारमा उतार्दै मोरङ–सुनसरी सेवा समाज नेपालमार्फत आफ्नो योगदान रहिरहने बताएका थिए ।