३० आश्विन २०८३, शुक्रबार

मायाको नाटकपछि प्रेमिकालाई दिल्ली बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

love-facebookकाठमाडौं, ११ असोज । प्रेमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्याए बिक्री गर्ने एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रयि अनुसन्धान ब्युरो सिआइबीले नुवाकोटका राजु तामाङलाई पक्राउ गरेको हो । दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै तामाङले १५ वर्षीया युवतीलाई दिल्ली लगेका थिए ।

त्यहाँ केही दिन सँगै रहेपछि उनले ती युवतीलाई कोठीमा लगेर बिक्री गरेका थिए । प्रहरीले माइती नेपालको सहयोगमा गत चैत्रमा ती युवतीलाई उद्धार गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।