३० आश्विन २०८३, शुक्रबार

भीभीआपीका लागि बुलेटप्रुफ कार, त्यो पनि भाडामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Carकाठमाडौ, ११ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनको लागि राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने आरमदायी र अति सुरक्षीत ‘बुलेटप्रुफ’ कार भारतबाट भाडामा ल्याउने भएको छ ।

भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको ‘टुरिजम ब्यूरो’बाट नै नेपालले पनि त्यस्तो कार सार्कको लागि ल्याउने तयारी अघि बढाएको हो ।

भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीका लागि त्यहीबाट कार भाडामा लिने गर्दछ । सरकारसंग रहेको कार संरक्षण नहुने भएपछि पछिल्लो चरणमा भारतले पनि भाडामा लिने गरेको परराष्ट्र अधिकारीहरुले बताए ।

दुवै मुलुकको सरकारी स्तरमा नै छलफल गरेर उक्त कार भाडामा ल्याउने तयारी अघि बढेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

अगामी मंसिर १० र ११मा काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी बारेमा सदस्य मुलुकको राजदूतलाई जानकारी गराउन भारत गएको सहसचिव नेतृत्वको टोलीले भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यस्तो ‘डिलु’ गरेर फर्केको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

शिखर सम्मेलन आफ्नो मुलुकको नेतृत्व गरेर आउने राष्ट्र एवं सरकार प्रमुखहरुलाई आवश्यक पर्ने सुविधा सम्पन्न कार सरकारसँग छैन् । राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री सुशील कोइरालाले अहिले उपयोग नै गरिहरको बाहेका त्यस्ता तीनकार आवश्यक मर्मत विना सिंहदरबार र नारायणहिटीमा थन्किएको छ ।

प्रधानमन्त्री कार्यालयको लामो दवावपछि त्यो कार मर्मत गरेर ‘स्पयेर्स’को लागि भए पनि राख्ने तयारी परराष्ट्रले अघि बढाएको छ । नयाँ गाडी पनि विग्रन सक्ने हुनाले त्यसको स्थानमा अर्को उपयोग गर्नका आठ गाडी प्रयोग भइरहेको अवस्थामा कम्तीमा तीन गाडी स्पयेर्स चाहिन्छ ।

प्रक्रियामा अवरोध नआए भारतबाट आठ वटा त्यस्तो गाडी नेपाल ल्याउने निर्णय परराष्ट्र अधिकारीहरुले गरिसकेका छन् ।

विएमडब्लु वा मर्सिडीज कुन गाडी खरिद गर्ने विवाद समेत चलिरहेको अवस्थामा भाडामा ल्याउदा भने सरकारले जर्मनीका दुवै कम्पनीको चार-चार गाडी ल्याउने तयारी समेत रहेको एक अधिकारीले बताए । ‘टुरिजम ब्युरोमा मर्सिडिज र विएमडब्लु दुवै गाडी रहेकाले मिलाएर ल्याउने सम्मको छलफल भएको अधिकारीले बताए ।

त्यसबाहेक अन्य केही गाडीहरु पनि भारतबाट नै भाडामा ल्याउने तयारी छ । सबै कालो गाडी हुने हुनाले ल्याउने गाडी पनि कालो नै रहनेछ । कालो र चिल्लो गाडी उस्तै स्तरमा सडकमा गुडाउने तयारी परराष्ट्रको छ, एक अधिकारीले बताए ।

सार्कको लागि एक सय ३० गाडी आवश्यक पर्छ । अर्थमन्त्रालयले २४ गाडीको मात्र स्विकृत दिएकोले त्यसको टेण्डर भएको परराष्ट अधिकारीले बताए । केही गाडी विभिन्न मन्त्रालयको पनि उपायोगमा ल्याउने तयारी छ । कतिपय मन्त्रालयले आफूसंग गाडी नभएको जानकारी परराष्ट्रलाई पठाईसकेको छ ।