२९ आश्विन २०८३, बिहिबार

डिसीमा जमरा घरको स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

विजय थापा
भर्जिनिया ।  डिसी महानगर क्षेत्रमा ‘नेपाली परम्परा र संस्कृति संरक्षण गरौँ’ भन्ने मूल उदेश्यका साथ स्थापना भएको डिसी नेपाली समाजले घटस्थापनाको दिन वैदिक विधिपूर्वक जमारा घरको थापना गरेको छ  ।

यही शिलशिलामा डिसी नेपाली समाजले अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत राखेको छ  ।
2

बिजयादशमीको दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम  गर्ने र दुर्गा भवानीको दर्शन तथा पण्डित राजेन्द्र खनालद्वारा आशिर्वचनसहितत टीका लगाई दिने चलन पनि रहेको छ ।

महानगर क्षेत्रमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकाले छुट्टै जमरा लिनका  लागि घटस्थापनाको दिनसम्म संस्थालाई जानकारी गराउनु पर्ने भएको र उक्त समयसम्म विगतका वर्ष भन्दा जमाराको माग बढेकोले माग अनुरुप जमरा राखिएको सचिव कमल पोखरेलले जानकारी दिनुभयो ।

3
फूलपातीको दिन फूलपाती भित्र्याउने र बिजयादशमीको टीका तथा जमरा बितरण बिहान ७ बजेदेखि ११ बजेसम्म गरिने पण्डित खनालले बताउनुभयो ।