म्याग्दी, १० असोज । म्याग्दी उद्धार समिति बहराइनले जिल्लाको बेनी नगरपालिका सिङ्गा तातोपानी कुण्डमा आवासगृह निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक उपचारस्थल तातोपानी कुण्डमा स्नान गर्न आउने असहाय र निम्नवर्गका बिरामीको सुविधाका लागि बहराइनमा रहेका म्याग्देली आबद्ध उक्त संस्थाले आर्थिक सहयोग गरेको हो । संस्थाको सहयोगमा दुईकोठे पक्की भवन निर्माण कार्य जारी छ ।
भवन बनाउन तातोपानी कुण्ड व्यवस्थापन समितिलाई हालसम्म रु तीन लाख उपलब्ध गराइसकेको समितिका सांस्कृतिक सचिव प्रवीन छन्त्यालले बताउनुभयो । उहाँका अनुसार भवनको कोठा निर्माण सम्पन्न भएपछि थप ५० हजार उपलब्ध गराइने छ ।
समितिले बहराइनमा अपठ्यारोमा परेका म्याग्देलीलाई उद्धार सहयोगसँगै जिल्लाका प्राकृतिक प्रकोप प्रभावित, स्वास्थ्य, शिक्षा र विकास निर्माणका गतिविधिका लागि सहयोग गर्दै आएको छ । समितिको सहयोगमा यसअघि बेनीस्थित जिल्ला अस्पतालमा बिरामी तथा बिरामीका सहयोगीका लागि आवासगृह बनाएको थियो ।














प्रतिक्रिया