२९ आश्विन २०८३, बिहिबार

एमाले वरिष्ठ नेता खनाल अमेरिका प्रस्थान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

काठमाडौँ, १० असोज । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान अमेरिका प्रस्थान गर्नुभएको छ ।

उहाँको वासिङ्टन डिसीस्थित जोन हब किङ्ग्स अस्पताल (बाल्टोमोर)मा उपचार हुनेछ । त्यहाँ खनालको प्रोस्टेटको शल्यक्रिया गरिनेछ । उहाँ यही महिनाको तेस्रो साता स्वदेश फर्कनुहुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले आफ्नो दसैँ विदेशमै रहेका नेपालीका बीच हुने भएकाले स्वदेशमा दसैँ मनाउने सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।

खनालका साथ उहाँका निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ जानुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो । खनालको बिदाइका लागि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेता पशुपति चौलागार्इं तथा सभासद्हरू विमानस्थल पुग्नुभएको थियो