२९ आश्विन २०८३, बिहिबार

कोरिया भाषा परीक्षाका लागि २२ वटा केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eps-korea

काठमाडौँ, १० असोज। शुक्रबारबाट शुरु रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि २२ वटा केन्द्र तोकिएको छ ।

दुई दिन चल्ने उक्त परिक्षाका लागि काठमाडौमा १५ र ललितपुरमा सातवटा केन्द्र तोकिएको हो ।

भाषा परीक्षाको अनुगमनका लागि दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी)का उपाध्यक्ष चुन बोक लिनको नेतृत्वमा ६२ सदस्यीय टोली नेपाल आइसकेको छ ।

आगामी असोज २९ गते सार्वजनिक गरिने उक्त परिक्षाको उत्तरपुस्तिका जाँच गर्ने जिम्मा कोरिया आफैले लिएको छ । कम्प्युटर प्रणालीबाट उत्तरपुस्तिका परीक्षण हुनेछ ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले भाषा परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षामा श्रम तथा रोजगार मन्त्रालयका ८८ जनासहित करिब एक हजार आठ सय जना कर्मचारी परिचालित हुने भएका छन् ।