एक महिला नेतृको नांगो तस्वीर सार्वजनिक भएपछि युक्रेनमा हंगामा भएको छ ।
युक्रेनको संसदीय चुनावको मुखमा यो फोटो सार्वजनिक भएको हो । यो नग्न फोटो हो, संसदीय उम्मेदवार ओल्गा युलचकको । तर, उनले भने आफू आइक्लाउड ह्याकरको शिकार भएको बताएकी छिन् । ३० वर्षीया ओल्गाको तस्वीरका कारण युक्रेनमा विवाद भएको छ। तर, उनलाई कुनै लज्जाबोध भएको छैन । बरु उनी भन्छिन्–तस्वीरमा नाङ्गै देखिने महिलाको आलोचना गर्नु आवश्यक छैन । मेरो नग्न तस्वीरलाई कलाको रुपमा हेर्दा हुन्छ ।
उनी अगाडि भन्छिन्–आजको जमानामा पनि महिलाको नग्न तस्वीरलाई भद्दा ठानिन्छ, यो कुरा मैले बुझेकी छैन । मलाई लाग्छ यो मात्र कला हो । युक्रेनको संसदीय चुनाव २६ अक्टोबरमा हुँदैछ । एजेन्सी












प्रतिक्रिया