त्रिलोचन कोइराला
दुबई । नेपाल पत्रकार महासंघ यूएई शाखाले आगामी अक्टोबर १६ तारेखका दिन पत्रकारिता तालिम आयोजना गर्ने भएको छ ।
नेपाली सञ्चार क्षेत्रमा पहिलो पिएचडी गर्ने वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले प्रशिक्षण दिनुहुने छ ।
सूचना र सञ्चारका क्षेत्रमा चासो राख्ने करिब ३० जना व्यक्तिको सहभागिता उक्त प्रक्षिणमा रहने महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो ।
कार्यशालामा फिचर लेखन, खोजमुलक पत्रकारिता तथा प्रवासी पत्रकारिता सम्बन्धि सहजिकरण हुने आयोजकले बताएको छ ।
उक्त तालिममा सहभागि हुन चाहने व्यक्तिले आगामी अक्टोबर १२ सम्ममा आफ्नो नाम दर्ता गराई सक्नुपर्ने छ ।
नेपाल पत्रकार महासंघ यूएई शाखाको चौथो अधिवेशनका लागि नेपालबाट आउने अतिथिबाट कार्यशाला सहजिकरण गर्न शाखाले त्रिलोचन कोइरालाको संयोजनमा लक्ष्मण खनाल र गितामणि पाण्डे सदस्य रहेको तालिम व्यवस्थापन समिति बनाएको छ ।
समितिका अनुसार तालिमका लागि आवश्यक आवेदन फारम अक्टोबर १ बाट उपलब्ध गराइने छ ।













प्रतिक्रिया