३० आश्विन २०८३, शुक्रबार

मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bides Malesiyaकाठमाडौं, ८ असोज । रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन्। अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ्य स्थिति नाजुक बनेको छ।

मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका यी नेपाली कामदार क्वालालाम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्पमा बसिरहेको जानकारी दिए। ‘रोजगारदाता लिन नआउँदा विमानस्थलमा अलपत्र परेका कामदारलाई उद्धार गरी नेपाल फर्काउन पहल भइरहेको छु, उनले मंगलबार अन्‍नपूर्णसँग भने।

यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेका उनले बताए। अन्य स्थानमा पत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन्।

गैरकानुनी कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावासले विशेष पहल गरिरहेको छ। दैनिक दुई सय कामदारलाई स्वदेश फिर्ता गर्न ट्राभल डकुमेन्ट बनाउने गरिएको राजदूत बस्न्यातले बताए।

नेपालका मेनपावर कम्पनीले जान चाहने कामदारसँग चर्को शुल्क असुल्ने र नक्कली कम्पनीमा पठाउने प्रवृत्ति बढेको छ। वैदेशिक रोजगारीका क्षेत्रका समस्यामध्ये ७० प्रतिशतभन्दा बढी नेपालमै उत्पन्‍न हुने गरेको दूतावासका अधिकारीले बताए।

वैदेशिक रोजगारीमा जान चाहने युवासँग गाउँगाउँमा पुगेर अग्रिम रकम असुल्ने र राहदानी नियन्त्रणमा लिने गिरोह पनि सक्रिय रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । गैरकानुनी एजेन्ट र मेनपावर कम्पनीले कामदारसँग लागत खर्चभन्दा तेब्बर बढीसम्म रकम असुल्ने गरेका छन्।