३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा दुई करोड उडाउँदै प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Kiraकाठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएको टोलीको खर्चका लागि सरकारले झन्डै दुई करोड रुपैयाँ निकासा गरेको छ।

संसारकै गरिब र मितव्ययी प्रधानमन्त्री भनेर कमाएको चर्चा सेलाउन नपाउँदै कोइराला २२ सदस्यीय टोली लिएर न्युयोर्क पुगेका हुन्।

मन्त्रिपरिषद् बैठकले भदौ २६ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले भ्रमण दलका लागि एक करोड ९० लाख २४ हजार ६ सय २२ रुपैयाँ निकासा गरेको छ। भ्रमणका क्रममा योभन्दा बढी खर्च हुनसक्ने स्रोतले बतायो।

भ्रमण दलमा प्रधानमन्त्री कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कामुसचिव शंकरदास बैरागीसहित काठमाडौंबाट १६ जना गएका छन्। न्युयोर्कस्थित नियोगका ६ जना पनि टोलीमा सहभागी छन्।

कोइराला प्रधानमन्त्री भएलगत्तै गत फागुनमा म्यानमारमा आयोजित बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास बैठकमा सहभागी हुन इकोनोमी क्लासकै हवाई टिकटमा जाने भनेपछि ठूलो चर्चा पाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको ।

त्यसपछि अमेरिकी पत्रिका द वासिङ्टन पोस्ट, बेलायती सञ्चारमाध्यम बीबीसीलगायतले समेत संसारकै सबैभन्दा मितव्ययी र गरिब प्रधानमन्त्री भन्दै कोइरालाको प्रशंसा गरेका थिए।