४ कार्तिक २०८३, बुधबार

नन्दप्रसादको मृत्युपछि उनकी श्रीमती गंगामायाको अवस्था पनि गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganga-maya-adhikari

काठमाडौँ, ७ असोज । चियाउँदा चियाउँदै आफ्नै आँखा सामुन्ने पति नन्दप्रसाद अधिकारीको मृत्यु देखेकी गंगामायाको स्वास्थ्य अवस्था झन् गम्भीर बनेको छ ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पती वीर अस्पतालको सघन कक्षमा अनशन नै बस्दै आएको थियो । अनशन बसेको ३३३ दिनमा नन्दप्रसादको सोमबार निधन भएको थियो ।

वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितका अनुसार पतिको मृत्युपछि गंगामायाको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । कमजोर स्वास्थ्यस्थितिलाई विशेष ख्याल गरी चिकित्सकले उहाँलाई हाल एन्टिबायोटिक औषधि दिइरहेका छन् ।

“हामी गंगामायाको उपचारमा उच्च प्राथमिताका साथ लागिरहेका छौँ, ग्लुकोज खान आग्रह गरिरहेका छौँ”–निर्देशक प्रा डा पण्डितले भन्नुभयो । चिकित्सकको टोलीले गङ्गामायालाई मानवअधिकारकर्मीको रोहबरमा मंगलबार ग्लुकोज खान र अनशन अन्त्य गर्न विशेष आग्रहसमेत गरेको थियो । तर गंगामायाले अनशन अन्त्य गर्न नमानेको अस्पताल स्रोतले जनाएकोे छ ।