२८ आश्विन २०८३, बुधबार

सांगीतिक कार्यक्रम लिएर कतार आएका राष्ट्रिय कलाकारहरुलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11

खगेन्द्र कार्की
कतार । एनआरएन कप २०१४ को सफलताको लागि सांगीतिक कार्यक्रम लिएर आएका राष्ट्रिय कलाकारहरुलाई एक कार्यक्रमका बिच १९ सेप्टेम्बर २०१४ मा सम्मान गरिएको छ ।
दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च कतार र मोरङसुनसरी सेवा समाज कतारले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
12

प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुमको सभापतित्वमा आयोजित सो कार्यक्रममा अतिथि कलाकारहरु चर्चित लोक गायक तुलसी पराजुली, चर्चित गायिका जुनु रिजाल काफ्ले तथा चर्चित कलाकार विल्सन विक्रम राईलगायत गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सदस्य उमेश अधिकारी, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मक्सुद आलम, एनआरएनए एनसीसी पदाधिकारीहरु, आयोजक मञ्चसम्बद्ध पदाधिकारी तथा सदस्यहरु, मोरङसुनसरी सेवा समाज कतारका अध्यक्ष लोकबहादुर तामाङ, पत्रकार समाजसेवी, व्यवसायीलगायतको 13आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले सम्मानित कलाकारलाई प्रवासी नेपाली मञ्चको तर्फबाट संयुक्त रुपमा खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए भने मोरङसुनसरी सेवा समाजका अध्यक्षले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सम्मानपछि बोल्दै पहिलो पटक कतार प्रवेश गर्नुभएका चर्चित गायक पराजुलीले आफूहरु कुनै जातजाति, धर्म वा समूहको नभई विशुद्ध कलाकार 15भएका बताउनुभयो ।
चर्चित गायिका जुनु रिजाल तथा हाँस्य कलाकार राईले पनि आ–आफ्ना धारणा राख्दै सबै कलाकारहरुले आफूहरु कतारमा आउँदा र कार्यक्रम आयोजना हुँदा ज्यादै हर्षित भएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए ।

यसैगरी आयोजकका तर्फबाट मोरङसुनसरी सेवा समाजका अध्यक्ष लोकबहादुर तामाङ, मञ्चका उपाध्यक्ष चानक पोखरेललगायत अन्य अतिथिहरुले राष्ट्रिय कलाकारको कलालाई नजिकबाट हेर्ने तथा सम्मान गर्ने मौका मिलेकोमा खुशी व्यक्त गर्दै कलाकारहरुलाई प्रगति, उन्नति र समृद्धिको शुभकामना दिनुभयो ।