लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् ।
म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना युकेको चौथो अधिवेसनको सहमति अनुसार अध्यक्षमा चयन भएका हुन । अधिवेसनमा ३ वर्षे कार्यकालयको लागि म्याग्दीको ताकमका उमेश राना र पौडेल बिच १८ /१८ महिना नेतृत्व आलोपालो गर्ने सहमती भएको थियो ।
रानाको अध्यक्षतामा रहेका उपाध्यक्षहरुमा कमलबहादुर पुर्जा, दल जुग्जाली र शान्ता गौचन, महासचिवमा खिम शेरचन, कोषाध्यक्षमा किसन जीसी, सह–कोषाध्यक्षमा गिरी थापा पनि पौडेल अध्यक्षताको कार्यसमितिमा रहनेछन् ।
केहि नयाँ पदाधिकारी तथा सदस्यहरु भने थप हुने अध्यक्ष पौडेलले जानकारी दिए । सोही सहमति अनुसार रानाको कार्यकाल सकिएपछि सेप्टेम्वर १ देखि पौडेल मोना युकेको कार्यकारी अध्यक्ष बनेका हुन ।
यसअघिका अध्यक्ष उमेश रानाले ईमेल मार्फत पौडेललाई आगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सहमति अनुसार पौडेल अध्यक्ष चयन भएपछि छिट्टै औपचारिक समारोह गरी नेतृत्व हस्तान्तरण गर्ने तयारी भईरहेको छ ।
चौथो अधिवेसनबाट निर्वाचित अन्य पदाधिकारीहरु भने यथावत रहने बताईएको छ ।
संस्थाले म्याग्दीको शिक्षा, स्वास्थ्य, लगायतका आफ्नो कार्यकालमा समन्वयकारी भुमीका निर्वाह गरेकोमा धन्यबाद दिँदै पौडेलले आफ्नो कार्यकाललाई समेत समन्वयकारी बनाउने र ऐतिहासिक रुपमा सफल बनाउन सवै क्षेत्रबाट सहयोगको उपेक्षा गरेका छन् ।













प्रतिक्रिया