बेनी, ७ असार । म्याग्दी जिल्लाको राम्चे गाविसबाट सदरमुकामतर्फ जांदै गरेको जीप हिस्तान गाविसको रिमा नजिकै भीरबाट खस्दा ११ यात्रुको मृत्यु भएको छ ।
ग १ ज ४३२४ नम्बरको जीप हिस्तान गाविसको गिद्धेश्वर मन्दिर नजिकैको भीरबाट खसेको हो । जिप सडकबाट करिव २ सय ५० मिटर तल खसेको थियो।
दुर्घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय बासिन्दाले बताएका छन् । आदर्श मावि हिस्तानका कुमार गर्बुजाका अनुसार, दुर्घटनामा ८ जना पुरुष र ३ महिला मृत अवस्थामा भेटिएका छन् । जिपमा १३ जना सवार रहेको अनुमान गरिएको छ।
तर, प्रहरीले भने विस्तृत जानकारी आउन बाँकी रहेको जनाएको छ । डीएसपीको नेतृत्वमा प्रहरी टोली यतिबेला घटनास्थल जाँदैछ ।
















प्रतिक्रिया