२९ आश्विन २०८३, बिहिबार

साहनाको नातीलाई पनि सँगै लिएर गयो कालले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी व्यक्ति सहाना प्रधानको निधनबाट मर्माहत भएको उनको परिवारमाथि फेरि अर्को बज्रपात थपिएको छ ।

साहना अन्त्यष्टि गर्न नपाउँदै उहाँका  देवर गौरीलाल श्रेष्ठका ३ वर्षका नाती जेनिशको छतबाट खसेर मृत्यु भएको छ ।

मरुटोलमा रहेका उहाँका साइला देवरका नाति जेनिशको मृत्यु भएको जेनिशका परिवारका सदस्यहरुलाई उदृत गर्दै एमालेले जनाएको छ ।

जेनिशलाई वीर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

मंगलबार अपराहृन साहनासँगै उनका नाती जेनिशको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।