काठमाडौँ, ७ असोज । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सोमबार राती निधन हुनुभएकी एमाले नेतृ साहना प्रधानलाई सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्धाञ्जली दिनुभएको छ ।
उहाँको पार्थिव शरीरलाई एमाले मुख्यालय नै पुगेर श्रद्धाञ्जली दिनुभएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा ‘नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालकी जीवनसंगिनी क. सहाना प्रधानको दुःखद निधनमा वहांप्रति हार्दिक श्रद्धांजली र शोकसंतप्त परिवारजनमा गहिरो समवेदना’ भनेर स्ट्याटसमा लेख्नुभएको छ ।
करिब ४ घण्टा अघि उहाँले पोष्ट गर्नुभएको उक्त स्ट्याटसलाई २ सय ३७ बढीले सेयर गरेका छन् ।
१ हजार १ सय बढीले कमेण्ट गरेका छन भने १३ हजार ८ सय बढीले लाइक गरेका छन् ।















प्रतिक्रिया