धनगढी, ७ असोज । आदीबासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले दशै तिहारपछि तराईमा आन्दोलनको आगो बाल्ने चेतावनी दिनुभएको छ ।
थारु कल्याणकारी सभा कैलालीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पहिचानसहितको संघियता र संघियता सहितको सम्विधानका लागि सडकबाटै आन्दोलनको आगो बाल्ने चेतावनी दिनुभएको हो ।
पत्रकारहरुको जिज्ञासामा उहाँले आफुहरुले कैलाली र कञ्चनपुरलाई टुक्राउन नचाहेको तर सुदूरपश्चिममा वसोवास गर्ने आदीवासि, जनजाती, मधेसी, दलित तथा पिछडा वर्गको अधिकार मागेको बताउनुभयो ।
असामाजिक, अतिवादी र गुसपैठवादीहरुले सुदूरपश्चिममा अखण्डको नारा लगाएर साप्रदायिकता भड्काउन खोजेको आरोप समेत उहाँले लगाउनुभयो ।
उहाँले अहिलेको सम्विधानसभालाई कठपुतलीसभाको सज्ञा दिनुभयो ।















प्रतिक्रिया