४ कार्तिक २०८३, बुधबार

राज्यले निलर्जता प्रकट गर्दा नन्दप्रसादको ज्यान गयोः इन्सेक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

insec-1काठमाडौं, ७ असोज ।  फुजेल–७, गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको मृत्यु सरकारी लाचारीपनको पराकास्टा भएको मानवअधिकारवादी संस्था इन्सेकले आरोप लगाएको छ।

३ सय ३३ दिनदेखि अनसनरत अधिकारीको सोमबार वीर अस्पतालमा भएको निधनलाई इन्सेकले मंगलबार एक विज्ञप्ति निकालेर यस्तो आरोप लगाएको हो ।
‘पीडितको न्याय पाउने अधिकारप्रति राज्यले देखाएको निलर्जताका कारण नन्दप्रसादको मृत्यु भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘सरकारी लाचारीपनको पराकाष्टा अधिकारी घटनामा प्रष्ट भएको छ।’

न्यायको माग गर्दै मृत्युवरण गर्न पुगेको यतो दुःखद घटना नेपाली इतिहासमै पहिलो भएको भन्दै इन्सेकले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्दै आएका अधिकारी दपतीको मागप्रित सरकार उदासिन बनेको आरोप पनि लगाएको छ।

अधिकारीको अनसनमा सरकारको प्रत्यक्ष निगरानी भए पनि उनको जीवन बचाउन सरकारले उचित पहल नगरेको विज्ञप्तिमा भनिएको छ। सुवोधराज प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीसँगै अनसनरत पत्नी गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले उनले जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ।