४ कार्तिक २०८३, बुधबार

साहनाको शोकमा सबै समितिका बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-BIG-Pictureकाठमाडौं, ७ असोज । एमाले नेतृ तथा पूर्व सांसद् सहाना प्रधानको निधनप्रति शोक मान्न संसद्का सबै समितिको बैठक मंगलबारका लागि स्थगित भएको छ ।
समितिका बैठकमा भाग लिन सभासदहरु संसद सचिवालय पुगेका थिए तर सहानाको निधनमा शोक मान्न अधिकांश समितिको बैठक स्थगित गरिएको हो। एमालेका सभासद्हरु भने थोरै संख्यामा मात्र सचिवालय पुगेका थिए।
मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र राज्य व्यवस्था समितिको बैठक राखिएको थियो। त्यसबाहेक विभिन्न समितिका उपसमितिहरुको पनि बैठक थियो।