३ कार्तिक २०८३, मंगलबार

कम्युनिष्ट पार्टीकी धरोहर साहाना प्रधानको निधन, यसरी हुँदैछ अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahana-pradhan

काठमाडौं, ७ असोज । एमाले नेतृ साहाना प्रधानको निधन भएको छ । राजधानीमा उपचार गराउँदै आएकी प्रधानको ८८ वर्षको उमेरमा साेमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी प्रधानले बयोधा अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । गत जेठ २३ गते मष्तिष्कघात भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । नेतृ प्रधान महिला आन्दोलनकी एक धरोहर पनि हुन् ।

कम्युनिस्ट राजनीतिमा ६ दशकदेखि सक्रिय प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री, ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्।

प्रधानको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने एमालेले जनाएकाे छ । दिउँसाे शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएकाे छ ।