२९ आश्विन २०८३, बिहिबार

‘नन्दप्रसादको शव बुझिदिने मानिस समेत भेटिएनन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

३ सय ३३ दिन आमरण अनशन बस्दा पनि न्याय नपाएर जीवनलिला गुमाएका नन्दप्रसाद अधिकारीको शव बुझिदिने मानिस पनि भेटिएनन् । परिवारका कोही मानिस पनि नभएका कारण उनका शव वीर अस्पतालले नै शिक्षण अस्पताल महाराजगन्जमा लगेर छाडिदिएको छ ।नन्दप्रसादका कान्छा छोराको तत्कालिन विद्रोही माओवादीले क्रुरतापूर्वक हत्या गरेका थिए भने जेठा छोरा नुरप्रसाद अधिकारी अहिले अर्धभुमिगत झैं अवस्थामा छन् । नन्दप्रसादसँगै आमरण अनसन सुरु गरेकी उनकी श्रीमती गंगामाया पनि अन्तिम अवस्थामा छिन् ।