काठमाडौं, ६ असोज । व्यवस्थापिका–संसद्, सार्वजनिक सुनुवाइ विशेष समितिले सरकारले नियुक्तिका लागि सिफारिस गरेका सभासद्को नाम अनुमोदन गरेको छ ।
समितिले सोमबार सिंहदरबारमा बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरूको तर्फबाट सरकारले नियुक्तिका लागि सिफारिस गरेका छ जना सभासद्हरुलाई सर्वसम्मत अनुमोदन गरेको हो । योसँगै अब राजदूत नियुक्तिको बाटो खुलेको छ ।
समितिले सोमबार थाइल्याण्डका लागि प्रस्तावित राजदूत खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका अमृतबहादुर राई र कुबेतका यज्ञबहादुर हमालको सुनुवाइ गरेको थियो । यसअघि यही असोज ३ गते क्यानडाका लागि राजदूत कालीप्रसाद पोखरेल, जेनेभाका लागि दीपक धिताल र फ्रान्सका लागि अम्बिकादेवी लुइँटेलको सुनुवाइ गरेको थियो ।















प्रतिक्रिया