काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद झनै चुलिएको छ ।
पार्टीको नेतृत्वको विवाद निर्वाचन आयोगदेखि अदालतसम्म पुगिरहँदा असन्तुष्ट पक्षले बेग्लै कार्यक्रम गरी बडादसैँ, तिहार तथा छठको शुभकामना आदानप्रदान गरेको छ । तर, असन्तुष्ट पक्षको चियापान कार्यक्रममा संस्थापन पक्षका नेता सूर्यबहादुर थापा र भने सहभागी भएनन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एव्म राप्रपाका स्वघोषित अध्यक्ष लोकेन्द्रबहादुर चन्दले पार्टीका केही व्यक्तिहरूको जालझेलका कारण राप्रपा विभाजितको अवस्थामा पुगेको बताउनुभयो । ‘पार्टीको आधिकारिक अध्यक्ष म हुँ,’ उहाँले भन्नुभयो ‘पूर्वसहमति र महाधिवेशनको म्यान्डेटअनुसार पार्टीको अध्यक्ष मै हुँ ।’
नेता डा.प्रकाशचन्द्र लोहनीले राप्रपा भित्रको किचलो एकतामा परिणत गरी महाधिवेशनको निर्णयलाई सबैले मान्नुपर्ने बताउनुभयो ।
राप्रपाका महामन्त्री विक्रम पाण्डेले महाधिवेशनको निर्णय नै सबैभन्दा ठूलो हुने भन्दै व्यक्तिगत स्वार्थ त्याग्न आग्रह गर्नुभयो । पार्टीलाई एकलौटी बनाएर लैजाने काम भएको उहाँको आरोप थियो ।
















प्रतिक्रिया