२९ आश्विन २०८३, बिहिबार

एमाओवादी विवादः भट्टराई पक्षले जिविससम्म छुट्टै प्रतिनिधि पठाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

गोरखा, ६ असोज । एमाओवादीका नेता डा. बाबुराम भट्टराई पक्षधरले गोरखामा गठन गरेको समानान्तर एमाओवादी जिल्ला समितिले ६६ गाविस, एक नगरपालिका र जिविसमा प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

भर्खरै छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएको समानान्तर एमाओवादीले राजनीतिक परामर्श समितिमा आफ्नो पक्षधरको अनिवार्य उपस्थिति गराउने निर्णय गरेको जिल्ला अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिनुभयो ।

समानान्तर समितिको पूर्ण बैठकले जिविसचोकमा सञ्चालनमा ल्याएको पार्टी कार्यालय, साइनबोर्ड नहटाउने निर्णय गर्दै अझै व्यवस्थित गर्दै लैजाने निर्णय गरेको भट्टको भनाइ छ ।

समानान्तर समिति विघटन गर्न, पार्टी कार्यालय र साइनबोर्ड हटाउन पटक–पटक अनुरोध गर्दा पनि समानान्तर समितिका पदाधिकारीले अटेर गरेको संस्थापन समितिका अध्यक्ष लेखबहादुर थापाले बताउनसभयो ।

एमाओवादीको दुई समूह भएकाले जिल्लामा भएका हरेक कार्यक्रममा दुईपक्षीय प्रतिनिधि पुग्दा अप्ठ्यारो हुने गरेको थापाको भनाइ छ ।

आफ्नो पक्षलाई प्रतिनिधित्व गराउनुपर्ने माग राख्दै गत भदौ १५ गते एमाओवादी भट्टराई विचार समूहका समानान्तर समितिका जिल्ला सचिव रमेश पोखरेल र क्षेत्र नं ३ का संयोजक रोहित पाण्डेलगायतको टोलीले समीक्षा गोष्ठी स्थगित गर्न स्थानीय विकास अधिकारी महेश बराललाई दबाब दिएको थियो ।

त्यसलगत्तै स्थगित भएको गोष्ठी प्रतिनिधि विवाद समाधान हुन नसक्दा सञ्चालन गर्न नसकिएको जिविसले जनाएको छ । रासस