काठमाडौं, ६ असोज । एमाले भित्र दुई मन्त्री फेरेको चर्चा सेलाउन नपाउँदै नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषद पुनः हेरफेर हुने बताउनु भएको छ ।
एशियाली राजनीतिक पार्टीहरुको संगठन आइक्यापको श्रीलंकामा सम्पन्न बैठकमा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले दसैं तिहारपछि नै पुनः हेरफेर हुने बताउनुभयो ।
उहाँले मन्त्रि फेरवदललाई सामान्य र नियमित प्रक्रिया भएको भन्दै सरकारमा को पठाउने र कसलाई फिर्ता बोलाउने भन्ने पार्टीको र प्रधानमन्त्रीबीचको कुरा भएकाले निरन्तर चलिरहने दाबी गर्नुभयो ।
















प्रतिक्रिया