२९ आश्विन २०८३, बिहिबार

अधिकारी दम्पत्ती अन्तिम अबस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adhikari-damti
फोटो सौजन्य: सुबोध प्याकुरेल

मोहन बास्तोला

काठमाडौं, ६ असोज । शसस्त्र युद्धका समयमा निर्दोष छोरालाई अपहरण गरी हत्या गर्ने माओवादी कार्यकर्तालाई कानुनी सजायको माग गर्दै अनसन बसेका गोर्खाका अधिकारी दम्पत्तीको अवस्था जटिल बनेको छ ।

पछिल्लोपटक लगातार ३ सय ३० दिनदेखि अनशन बसेका गोर्खाका नन्दप्रसाद र गंगामाया अधिकारी जीवनकै अन्तिम अवस्थामा पुगेका वीर अस्पतालले जनाएको छ।

३ सय ३० दिनदेखि अन्न नखाएका अधिकारी दम्पत्तीको अवस्था जटिल बनेपछि मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षित मंगलबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरेका छन् ।

लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरूले बचाइरहेका छन् । ‘नन्दप्रसादको पानी पनि निल्न सक्ने अवस्था रहनेछ, बढीमा ७० हुनुपर्ने नाडीको चाल पनि १ सय ४० पुगेको छ । उहाँले आँखा एकोहोरो हेरिरहनुहुन्छ, आँखा बन्द हुँदैनन्’- अधिकारकर्मीले प्याकुरेलले दैनिक नेपाल डटकमसँग भन्नुभयो ।

वीर अस्पतालका निर्देशक डा. स्वयमप्रकाश पण्डितले उनीहरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारे अहिले छलफल भइरहेको जानकारी दिनुभयो ।

०६४ सालमा माओवादीद्वारा अपहरण गरी हत्या गरिएका कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनसनमा बसिरहेका छन् । उनीहरूको माग राज्यले समय सुनुवाइ गर्न नसक्दा उनीहरू मृत्युको मुखमा पुग्न थालेका छन् । लोकतान्त्रिक राज्य व्यवस्थामा न्याय माग्दै सयौं दिन भोक हड्ताल गर्दा पनि राज्यले सुनुवाइ गरेको छैन ।