३ कार्तिक २०८३, मंगलबार

अस्पतालको ट्वाइलेटबाट चिनियाँ कैदी भागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaidi-chineses

काठमाडौं, ६ असोज । ललितपुरको नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका एक चिनियाँ नागरिक प्रहरीलाई छक्याएर भागेका छन् ।

दाँतको उपचारका लागि कारागारबाट ललितपुरको पाटन अस्पतालमा लगिएका चिनियाँ नागरिक जु याङ वा शौचालय जाने बहानामा भागेका हुन् । ३७ वर्ष वर्षीय वालाई दुई जना प्रहरीले निजी ट्याक्सीमा सोमबार अस्पताल पुर्‍याएका थिए ।

विहान ८ बजे अस्पताल पुगेका उनी नाम दर्ता लगत्तै ट्वाइलेट जान खोजेपछि प्रहरीले हतकडी खोलिदिएको थियो । तर, ट्वाइलेट छिरेपछि उनी फर्किएनन् । खोजी गर्दा थाहा भयो, उनी भागिसकेका रहेछन् ।

नख्खु कारागारका जेलर चक्रपाणि गौतमले कैदी फरार भएको पुष्टि गरेका छन् । कैदीलाई अस्पताल लगेका दुई प्रहरीलाई अनुसन्धान थालिएको छ । घटना निकै शंकास्पद देखिएकाले प्रहरीको मिलेमतोमा भगाइएको हुन सक्ने कारागार प्रशासनको आशंका छ ।

जिल्ला वन कार्यालय सिन्धुपाल्चोकबाट बन सम्बन्धी मुद्दामा उनीलाई १५ वर्ष कैद र एक लाख रुपियाँ जरिवाना सुनाइएको थियो । सोही अभियोगमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका उनलाई केही समय अघिमात्रै नख्खु कारागार सारिएको थियो ।