३ कार्तिक २०८३, मंगलबार

किन बर्दिया पुगे राष्ट्रपति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baran-yadav

गुलरिया (बर्दिया), ६ असोज । बाढीपीडितको समस्या अवगत गराउन सोमबार बिहानैदेखि पर्खेर बसेका धर्मराज गिरीलाई राष्ट्रपति डा. रामवरण यादवले सोध्नुभयो – “तपाईं खाना खानुभयो ?” गिरीको जवाफ थियो – “एक महिनादेखि खान पाएको छैन ।”

वानियाभारमा साउनको अन्त्यमा वर्षापछि बबई खोलामा आएको बाढीले घर बगाएपछि एक महिनादेखि कुम्रागाउँको शान्ति निमाविमा शिविरमा बस्दै आएका धर्मराजलाई राष्ट्रपति यादवले सान्त्वना दिँदै भन्नुभयो – “के गर्न सकिन्छ त्यसको समयमै व्यवस्थापन हुन्छ ।” बाढीबाट विस्थापितको प्रत्यक्ष रुपमा पिरमर्का बुझ्न शिविर आउनुभएका राष्ट्रपतिले खानामात्रै होइन बालबालिकाको पढाइ र बसाइको समस्याबारे पनि चासो राख्नुभयो ।

विस्थापितलाई प्रत्यक्ष भेट्न पुग्नुभएका राष्ट्रपतिसँग बाढीबाट घरबार गुमाएका वानियाभारका विजयकुमार सुनारले भन्नुभयो – “बाढीले घर बगायो । हामीलाई बस्ने व्यवस्था हुनुप¥यो ।” उहाँले राष्ट्रपतिसँग पुनर्वासको मागसमेत गर्नुभयो ।

राष्ट्रपति यादवले बाढीबाट प्रभावित गुलरिया नगरपालिका, वानियाभार, वगनाहालगायतको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी बबई नदीले विस्थापित भएका र गुलरियास्थित रामपुर टापूमा शिविर बनाई बसेकाहरुसँग भेटघाट गर्नुभएको थियो ।

भेटमा उहाँले दीर्घकालीन रुपमा कस्तो व्यवस्थापन गर्न सकिन्छ त्यसबारे सरकारलाई लिखित र मौखिक रुपमा निर्देशन दिने आश्वासन दिनुभयो ।

बाढीपीडितको समस्या र बाढीले क्षति पु¥याएको ठाउँको निरीक्षण गर्न राष्ट्रपतिसँग आउनुभएका सिँचाइ मन्त्री एनपी साउदले सरकारले बाढीपीडितलाई राहत दिन र पुनर्वास गर्न गम्भीरतापूर्वक खटिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय रुपमा आएको यो समस्यालाई समाधान गर्न सरकार र राजनीतिक दल एक भएर लागेको उहाँले बताउनुभयो ।

क्षतिको विवरण प्राप्त भएपछि त्यसको अध्ययन गरी स्थायी रुपमा सरकारले राहत उपलब्ध गराउने उहाँको भनाइ थियो ।

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका राष्ट्रपति र सिँचाइ मन्त्रीलाई जिल्ला समग्र वस्तुस्थितिबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बाढीबाट रु तीन अर्ब ७६ करोड ६९ लाख बराबरको सार्वजनिक सम्पत्ति, पशुचौपाया र बालीनालीमा क्षति पुगेको बताउनुभयो । उहाँले अहिलेसम्म रु आठ करोड ७४ लाखभन्दा बढीको राहत वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ३८ वटा शिविरमा ९३ हजार विस्थापितले आश्रय लिइरहेका छन् । हालैको बाढीबाट यहाँ ३३ जनाको ज्यान गएको थियो ।